बढ्यो सुनको मूल्य

न्युजलय १४ भदौ २०८०, बिहिबार ११:३६ मा प्रकाशित

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।