इटहरी । प्रायः निजी संस्थाहरुले अन्य विद्यालयभन्दा आफूलाई अब्बल साबित गर्न प्रतिष्पर्धात्मक सेवा सुविधाहरु विद्यार्थीहरुलाई दिइरहेका हुन्छन् । खासगरी सामुदायिक विद्यालयका विद्यार्थी कसरी आफूतिर आकर्षित गर्ने भन्ने ध्याउन्नमा हुन्छन् । तर इटहरीस्थित विश्व आदर्श एकेडेमीले भने इटहरीमा रहेका सामुदायिक विद्यालयहरुलाईसमेत सहयोग गर्ने गरेको छ । सोही क्रममा इटहरीस्थित सरस्वती माध्यमिक विद्यालयलाई फर्निचर उपलब्ध गराएको छ ।
शैक्षिक प्रगतीका साथै सामाजिक कार्यमा समेत पुर्व क्षेत्रमा नाम कमाएको विश्व आदर्श एकेडेमीले १५ जोर डेस्क बेन्च उपलब्ध गराएको छ । सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुको सहयोगका लागि डेस्कबेन्च उपलब्ध गराएको एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए । सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र कठेत र प्रध्यानाध्यापक लेखनाथ भट्टराईलाई फर्निचर हस्तान्तरण गरिएको हो ।
त्यसैगरी एकेडेमीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आइतवारे टोल विकास संस्थालाई ५ थान डस्टविन उपलव्ध गराएको छ । एकेडेमीले टोल विकास संस्थाका अध्यक्ष योगेन राईलाई डस्टविन हस्तारण गरेको प्रिन्सिपल गणेशकुमार दुलालले जानकारी दिए । त्यसै गरी एकेडेमीले अन्य विद्यालयहरुलाई समेत १सय ५० जोडी फर्निचर समेत हस्तान्तरण गर्ने लक्ष्य राखिएको उनले बताए ।