पल शाहलाई तनहुँ जिल्ला अदालतले दियो सफाइ

न्युजलय ३ माघ २०७९, मङ्गलबार ०६:५१ मा प्रकाशित

काठमाडौँ । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभिनेता शाहलाई सफाइ दिएको हो ।

बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अदालतले शाहलाई सफाइ दिएको हो ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय सुनाएको थियो । सो फैसलाका कारण उक्त सजाय काटेपछि मात्र उनी रिहा हुने बताइएको छ ।