सुनको भाउ घट्यो

न्युजलय २८ बैशाख २०७९, बुधबार ११:२२ मा प्रकाशित

 काठमाण्डौ । सुनको भाउ बुधबार (आज) एक हजार रुपैयाँले घटेको छ । 

आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।