नेपाल नाट्य प्रतिष्ठान कोशीमा विक्रमश्रि

न्युजलय २० पुस २०८२, आइतबार १२:२३ मा प्रकाशित

सुनसरी । नेपाल नाट्य प्रतिष्ठानले विक्रमश्रिको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको छ ।

इटहरी मेट्रिक्समा शनिबार आयोजित भेलाले  ११ सदस्यीय ‘नेपाल नाट्य प्रतिष्ठान, कोशी प्रदेश’ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कविता नेपाल, सचिवमा वीरेन्द्र थोक्लीहाङ्ग, सहसचिवमा गोपाल कृति, कोषाध्यक्षमा जुनु बुढाथोकी (जीवन) चयन भएका छन् ।

समिति सदस्यहरूमा विजय सुब्बा, भरत बर्वरिक, दिपेन्द्र सिंह, तुलसी घिमिरे र डा. देवी क्षेत्री दुलाल रहेका छन् ।

नेपाल नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको भेलामा कोशी प्रदेशका ६ जिल्लाका प्रतिनिधि रंगकर्मीको उपस्थिति रहेको थियो ।