काठमाडौँ । आइतबार (आज) सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।