प्रदेश १ मा आज ५७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०७:१७ मा प्रकाशित

इटहरी । प्रदेश १ मा आज ५७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा २२, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १ जनामा सङ्क्रमण देखिएको हो ।  


प्रदेश १ मा आज ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९ महिला र २१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।