सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।
चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो ।
आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख बराबराको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।