२०७८ मंसिर ०८ गते बुधबारको राशिफल

न्युजलय ८ मङ्सिर २०७८, बुधबार ०६:२६ मा प्रकाशित

मेष । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग पाइनेछ ।

 

वृष । श्रमको उचित मल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

 

मिथुन । आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइएला । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ ।

 

कर्कट । अधुरो काम पूरा नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

 

सिंह । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

 

कन्या । आज आम्दानी प्रशस्तै बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

 

तुला । आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

 

वृश्चिक । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ ।

 

धनु । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

 

मकर । आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

 

कुम्भ । आज काममा केही चुनौती आइलाग्छन् । मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल भने गर्नुपर्नेछ ।

 

मीन । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।