सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसामा एक महिलाको हत्या भएको छ ।
देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरी अनुसार मृतक राईको जिउभरी चोट रहेको छ ।
प्रहरीका अनुसार राइका श्रीमान् यस अघि नै बितिसकेका र छोराछोरी अध्ययनका लागि काठमाण्डौमा छन् ।
घटनाको अनुसन्धान भइरहेको छ ।