विवादित संवाद हटाएर सेन्सर पास गरियो ‘आदिपुरूष’

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०६:०४ मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत हिन्दी फिल्म ‘आदिपुरूष’ मा जानकी भारतीय हुन् भन्ने शब्द राखिएको भन्दै विवाद उत्पन्न भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त संवाद भारतबाट पनि नहटेसम्म फिल्म प्रदर्शनमा रोक लगाउने बताएका छन्।

सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले भने विवादित संवाद हटाउँदै सेन्सर पास गरेको जानकारी दिए।

हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म ‘आदिपुरूष’ लाई ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।

यो फिल्म रामायणमा आधारित भएर निर्माण गरिएको हो।