काठमाडौं । बिहिबार(आज) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बिहिबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।