२०७८ साल माघ ६ गते बिहिबार

महिलालाई घाँस खुवाएको विज्ञापन बनाएपछि ...

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०९:१३ मा प्रकाशित

एजेन्सी । महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ । एउटा विज्ञापनमा विज्ञापनबारे चौतर्फी आलोचनापछि सीउल मिल्कले माफी मागेको हो । 

सर्वत्र विरोधपछि कम्पनीले युट्युबबाट भिडियोको प्रोमो हटाएको थियो । तर, समाजिक सञ्जालका प्रयोगकर्ताले फेरि सो भिडियो अपलोड गरेका थिए ।

भिडियो विज्ञापनमा एक पुरुषले चउरमा रहेका महिलाको एउटा समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ । केही समयपछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन् । ती महिलाहरू चउरमा बिरुवाको पातबाट चुहेको पानी पिउँदै गरेको र घाँसे मैदानमा चरेको जस्तो देखिन्छन् ।

विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई दक्षिण कोरियाको विद्यमान ‘मोल्का’ प्रवृत्तिसँग दाँजिएको छ । गैरकानुनी ढंगले अन्य व्यक्तिको लुकेर भिडिओ खिच्नुलाई दक्षिण कोरियामा मोल्का भनिन्छ । परम्परागत रूपमा यसलाई अनैतिक र असभ्य मानिन्छ ।