निर्माता छवि ओझाको आधा सम्पत्ति पाउनेगरी नायिका शिल्पाले जितिन् मुद्दा

न्युजलय १५ फाल्गुण २०७९, सोमबार ०६:१८ मा प्रकाशित

काठमाडौं। नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्धविच्छेद मुद्दा टुंगिएको छ । नायिका पाखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेकी थिइन्।

जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने गरी फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ। अदालतको फैसलापछि शिल्पाले न्याय पाएको भन्दै खुसी व्यक्त गरेकीछिन् भने निर्माता छवि चुपचाप छन्।

छविले चौथो श्रीमतीका रूपमा शिल्पासँग बिहे गरेका थिए । दैनिकजसो घर झगडा, कुटपिट र शंका गर्ने गरेको भन्दै छविविरुद्ध शिल्पाले सार्वजनिक रूपमै गालीगलौज समेत गरेकी थिइन्। यही कारण विवाद बढ्दै गएपछि उनीहरूको वैवाहिक जीवन लामो समय टिक्न सकेन र अदालतसम्म पुगेर सम्बन्धविच्छेद भयो।

शिल्पाले छविसँग सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन्। शिल्पाको मुद्दामा आइतबार अबेर फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति आधा पाउने र शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने भनेको छ।

अदालतको फैसलाअनुसार पनि शिल्पाले झन्डै १० करोड ऋण व्यहोरेर मात्रै आधा सम्पत्ति पाउने देखिन्छ।