राष्ट्रिय युवा संघ नेपाल बिराटनगरद्वारा वृक्षरोपण सम्पन्न

न्युजलय १३ साउन २०८०, शनिवार ०७:२१ मा प्रकाशित

बिराटनगर l राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले वृक्षरोपण सम्पन्न  गरेको छ । 

राष्ट्रिय युवा संघ नेपालको एक युवा, ५ बिरुवा, एक कमिटी, एक वृक्षरोपण अभियान अन्तर्गत बिरुवा रोपिएको महानगर कमिटीले जनाएको छ । कमिटीका केन्द्रीय सचिब जय गुरुङ, एमाले विराटनगर  नगर कमिटी अध्यक्ष सागर थापा लगायतको उपस्थितिमा युवाहरुको समूहले विराटनगरको महेन्द्र चौक देखि महावीर चौकसम्म खाली स्थानमा अशोक, धुपी लगायतका बिरुवा रोपेको युवा संघ महानगर कमिटी अध्यक्ष निरन्जन ढुंगानाले बताए ।

करिब २ सय बिरुवा रोपेको बताउदै अध्यक्ष ढुंगानाले रोपिएका विरुवाको रेखदेख महानगर कमिटीले नै गर्नुका साथै अन्य ठाउँमा पनि बिरुवा रोपिने तयारी गरेको बताए । सुन्दर नगर, हरियाली वातावरण बनाउन राष्ट्रिय युवा संघ नेपालले विभिन्न रचनात्मक अभियानहरु संचालन गरिरहेको छ ।