ट्याक्टरबाट खसेर गौरादहका तामाङको मृत्यु

न्युजलय ११ कार्तिक २०७८, बिहिबार १०:२८ मा प्रकाशित

झापा । झापाको गौरादह नगरपालिका–१ किराँत चोकमा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । 

गौरीगञ्जबाट पाडाजुंगीतर्फ जाँदै गरेको मे १ त ७६८७ नम्बरको ट्याक्टरबाट झापाको कन्काई नगरपालिका–६ मनता बस्ने ४५ वर्षीय गंगा बहादुर तामाङ बुधबार बेलुकी खसेका थिए । 

दमक स्थित लाइफ लाइन अस्पतालमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ ।