प्रदेश १ मा आज १४ जनामा कोरोना पुष्टि

न्युजलय ६ पुस २०७८, मङ्गलबार ०८:१५ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा ७, जहदा, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको धरानमा २ र भोजपुरको षडानन्दमा १ जनामा सङ्क्रमण देखिएको हो ।


प्रदेश १ मा आज ८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।