सुनको मूल्य घट्यो

न्युजलय ७ चैत २०८१, शुक्रबार १०:५१ मा प्रकाशित

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो । 

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।