काठमाडौँ । बिहीबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ ।
आज छापावाला सुनको भाउ तोलामा चार हजार छ सय रुपैयाँ घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ पनि तोलामै ५० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।