काठमाडौं । सुनको मूल्य निरन्तर उकालोमा छ । लगातार बृद्धिका बिच बिहीबार मात्रै सुनको मूल्यमा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।