भोजपुरमा जन्मियो दुई वटा टाउको भएको पाठो

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ११:१५ मा प्रकाशित

भोजपुर । भोजपुरमा दुई वटा टाउको भएको पाठा जन्मिएको छ । 

भोजपुर–१२ पोखरे खावाका हर्क बहादुर कार्कीले पालेको बाख्राले दुई वटा टाउको भएको पाठो जन्माएको हो ।   

बाख्राले आइतबार दुई वटा पाठा जन्माएकोमा एउटा सामान्य रहेको छ भने अर्को पाठाको दुई वटा टाउको र तीन वटा आँखा छन् । 

अहिले पाठाको अवस्था सामान्य रहेको बताइएको छ ।