सुनचाँदीको मूल्य बढ्यो

न्युजलय ७ फाल्गुण २०८२, बिहिबार ०४:३७ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।