चलचित्र ‘कबड्डी ४’ मोबाइलमै हेर्न सकिने

न्युजलय २४ कार्तिक २०७९, बिहिबार ०१:३५ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘कबड्डी ४’ अब मोबाइलमै हेर्न पाइने भएको छ।

रामबाबु गुरुङ निर्देशित चलचित्र शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ।

दर्शकले दुई सय रूपैयाँ तिरेरएपमार्फत फिल्म हेर्न पाउने एपका सञ्चालक खगेन्द्र लामिछाने जानकारी दिए।

गत जेठ १३ गते हलमा रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्मले नेपालमा साढे २२ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो।