देशभर १० हजार जनामा डेंगी संक्रमण

न्युजलय २९ भदौ २०७९, बुधबार ०२:१७ मा प्रकाशित

काठमाडौं । नेपालमा १० हजारको हाराहारीमा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगीको संक्रमण पुष्टि भएको हो ।

 

सबैभन्दा बढी डेंगी संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगी पुष्टि भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । 


यस्तै लुम्बिनी प्रदेशमा १३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ ।