बालिका बलात्कार गर्ने उदयपुरका सुशान्तलाई १८ वर्ष कैद सजाय

न्युजलय २० भदौ २०८०, बुधबार १२:२४ मा प्रकाशित

 उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ मेनामैनी गाउँका एक युवालाई १२ वर्षिय बालिका बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला अदालतले १८ वर्ष कैद सजाय, ६लाख जरिवाना गर्ने फैसला गरेको छ ।

बेलका नगरपालिका–५ का १९ वर्षिय सुशान्त मगरले सोही ठाउँकी १२ वर्षिय बालिकालाई २०७८ साल फागुन १३ गते बलात्कार गरेका थिए ।

उदयपुर जिल्ला अदालतले दिएको जानकारी अनुसार बलात्कार आरोपित मगरले २०७८ फागुन १३ गते बालिकालाई बलात्कार गरेपछि १४ गते पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी गरेपछि आरोपित मगरलाई पक्राउ गरेका थिए । प्रहरीले जिल्ला सरकारी कार्यालय मार्फत २०७८ चैत्र ८ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

उदयपुर जिल्ला अदालतको २०८० भदौ १८ गतेको फैसला अनुसार बलात्कार आरोपित मगरलाई १८ वर्ष कैद सजायका साथै ६ लाख जरिवाना र २० हजार क्षतिपूर्ति भराउने फैसाला गरेको बताइएको छ ।