सुनको मूल्य घट्यो

न्युजलय १० साउन २०८२, शुक्रबार ११:३९ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य हिजो प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य भने बढेको छ।  आज चाँदीप्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।