सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय २४ साउन २०८२, शुक्रबार ११:२३ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतिततोला १ हजार रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि १० रुपैयाँको वृद्धि भएको छ । मूल्य बढेसँगै आज चाँदी प्रतितोला २३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।