सुनसरी । जीवन विज्ञान नगर परिषद् बराहक्षेत्रले ९ औं अन्तराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नगरपरिसद्ले ‘योग गरौँ स्वस्थ्य बनौँ’ भन्ने नाराका साथ नगरका ११ वटै वडामा मोटरसाइकल ¥याली गरेको बराहक्षेत्रनगर संयोजक पदम विष्टले जानकारी दिए ।
कालाबन्जार चौकबाट सुरु भएको ¥याली नडाहा, बाङ्गे, चक्रघट्टी, राजावास र प्रकाशपुर बजारका चौक र जीवन विज्ञान प्रयोगशाला केन्द्रहरुमा योग सादक र सादिकाहरुले नाचगान सहित ¥याली गरी अन्तराष्ट्रिय योग दिवस मनाएको योग प्रशिक्षक कृष्ण बस्नेतले बताए ।
बुधवार नगरका सार्वजानिक स्थलहरु स्कुल, वडाकार्यालय, मठ मन्दिर लागायत १० नम्वर वडा कार्यलयमा सरसफाइ गरिएको प्रकाशपुर शिविरका प्रशिक्षार्थी रामप्रकाश कोइरालाले जानकारी दिए ।
बराहक्षेत्रनगरको कालाबन्जार,नडा, चतहरा, बाङगे, चक्रघटी, कौवाखोज, पुला, प्रकाशपुर लगायतका स्थानमा योग केन्द्र र शिवर संचालन भईरहेको प्रशिक्षक कृष्ण वस्नेतले जानकारी दिए ।
बराक्षेत्रनगरमा ५ वर्ष देखी जीवन विज्ञान प्रयोगशाला संचालन हुदै आएको छ । नगर क्षेत्रमा १५ महिला सहित १६ पुरुष प्रशिक्षक रहेका छन् । ७ सय भन्दा बढीले दैनिक योग ध्यान गर्दै आएका छन् ।