टिपर पल्टिँदा २ जना घाइते

न्युजलय १४ साउन २०८०, आइतबार १२:४७ मा प्रकाशित

पाँचथर । पाँचथरको हिलिहाङ–७ सल्लेरीमा टिपर पल्टिँदा मेची राजमार्ग अवरुद्ध भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । 

जोरपोखरीदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतबार विहान पल्टिएको हो ।

दुर्घटनामा टिपरका सहचालक संखुवासभाका बिक्रम विश्वकर्मा र चालक भोजपुर षडानन्द–१३ का रिनछिरिङ तामाङ सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरु दुवै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।