लेटाङमा गोरूको मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा तीन जना पक्राउ

न्युजलय १४ साउन २०८०, आइतबार ०२:०१ मा प्रकाशित

मोरङ । लेटाङ नगरपालिका–६ सुकेचौरी बस्ने ६१ वर्षय राम कुमार तमाङसमेत ३ जनालाई गोरू काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

तमाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

उनीहरुलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ  छ ।