काठमाडौं । कैलाश राईको निर्देशन रहेको चलचित्र ‘मनसँग मन’ माघ २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । अरुण तामाङ र सौरभ लामाको निर्माणमा बनेको चलचित्रमा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय रहेको छ ।
विशेष भूमिकामा पल शाह र पूजा शर्मा छन् । चलचित्रको वितरण उपत्यकामा जिजिए ग्रुप र डीसीएन तथा मोफसलमा एफडी कम्पनीले गर्दै छ।