काठमाडौं । बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ३९ हजार ३०० कायम भएको छ।
अघिल्लो दिन बुधबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। तोलामा २०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ।