घट्यो सुनको मूल्य

न्युजलय ३ कार्तिक २०८२, आइतबार १२:४२ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर २ लाख ५३ हजार २०० रुपैयाँले कायम भएको हो।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँले कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँले कायम भएको छ ।