विराटनगरमा मोटरसाइक दुर्घटना हुँदा एक जनाको मृत्यु

न्युजलय १८ पुस २०८२, शुक्रबार ०८:१२ मा प्रकाशित

विराटनगर । विराटनगर–१५ स्थित ३ नम्बर ढाटमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान प्रदेश १–०२–०५२ प ९५८७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सप्तरी तिरहुत गाउँपालिका–५ महुली घर भएका ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मध्यराती भित्री सडक हुँदै मोटरसाइकलमा चौधरी र अर्का कटहरी–५ का धर्मेन्द्र सरदार सवार थिए । चौधरीले चलाएको मोटरसाइकल बिहीबार राती ३ नम्बर ढाटमा ठोकिएको थियो ।

सप्तरी घर भई रणकाली माता कन्ट्रक्सन कटहरीमा काम गर्दै आएका चौधरीको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई चिकित्सकले चेकजाँचपछि मृत घोषणा गरिदिएका हुन् ।

मोटरसाइकलको पछाडी रहेका सरदारको हात खुट्टामा चोक लागेकोमा उपचारपछि अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।