इटहरीको होटलमा बेश्याबृत्ति गराउने दुई जना पक्राउ

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०२:२७ मा प्रकाशित

 इटहरी । इटहरी–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा इटहरी–४ का ३६ बर्षिय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका–५ का २० बर्षिय मिनराज पराजुली रहेका छन् ।

मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ ।

बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।