काठमाण्डौ । शुक्रबार(आज) सुनको मूल्य घटेको छ ।
आज सुन प्रति तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य ९१ हजार १०० तोकिएको छ। सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।