इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गढी गाउँपालिका–६ मझौ बस्ने ३० वर्षीय अर्जुन ऋषिदेवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै घर छेउमा रहेको थलाह खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।