घरको छतबाट हाम फालेर इलामकी एक महिलाले गरिन् आत्महत्या

न्युजलय ७ पुस २०७८, बुधबार ०२:११ मा प्रकाशित

इलाम । इलाम –८ की एक महिलाले आफ्नै घरको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् ।

पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्रधानले मंगलबार राति घरको छतबाट हाम फालेको र तेस्रो तलामा बजारिएकी थिइन् । उनले छतको रेलिङमा चढेर हाम फालेको बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताएको छ ।