इटहरी । इटहरीबाट प्रकाशित एकमात्र दैनिक पत्रिका पुर्वी हटलाइनले सम्मान दशौं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा पत्रिकाले पत्रकारिता र सामाजिक क्षेत्रबाट गरी दुई जनालाई सम्मान गरेको छ । निरन्तर पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनका पत्रकार दिपक कार्की र सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै समाजसेवी बिष्णु रिजाललाई सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलावल्लव घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी विश्व रिजाल, पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का, पत्रकार महासंघका कोशी प्रदेश महासचिव विवेक गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
घिमिरेले पनि स्थानीय पत्रिकाहरुलाई स्थानीय तहले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सामाजिक संस्थाका साथै संचार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।