काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले सार्स–कोभ–२ भाइरसको नयाँ भेरियन्ट फेला पारेको छ ।
पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको हो र यो पहिलेका भेरियन्टभन्दा पनि निकै सङ्क्रामक रहेको बताइएको छ ।
नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको र त्यसयता ६ सयभन्दा बढीमा यसको सङ्क्रमण पुष्टि भइसकेको डब्लूएचओले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानमा ओमिक्रोनको बीए–२ भेरियन्टभन्दा यो १० प्रतिशत बढी सङ्क्रामक रहेको पाइएको र यसबारे थप अनुसन्धान गर्न बाँकी रहेको डब्यूएचओको भनाइ छ ।
एउटै व्यक्ति दुई वा सोभन्दा बढी भेरियन्टबाट संक्रमित हुँदा यस्ता रिकम्बिनेन्ट भेरियन्ट पैदा हुन्छ । यसअघिका महामारीमा यस्ता रिकम्बिनेन्ट्सहरु देखिएका थिए ।