बढ्यो सुनचाँदीको मूल्य

न्युजलय ९ पुस २०८२, बुधबार १२:०० मा प्रकाशित

काठमाडौं । बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ ।

मंगलवार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलवार तोलामा ४ हजार २ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।