सुनको भाउ घट्यो

न्युजलय ९ मङ्सिर २०८२, सोमबार ११:३१ मा प्रकाशित

 काठमाडौँ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक हजार नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज २० रुपैयाँले घटेर तोलाको तीन हजार एक सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।