आजको सुनको मूल्य

न्युजलय २० माघ २०८१, आइतबार ११:३३ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार पनि सुन तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । गत शुक्रवार तोलामा चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।