इलाम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक पुरुष पक्राउ परेका छन् ।
४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका–२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका–७ का ५० वर्षीय पूर्णबहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका–२ लालिखर्कबाट पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।