गाउँपालिकाका वडाध्यक्ष ५० हजार घुससहित पक्राउ

न्युजलय २४ जेठ २०८०, बुधबार ०५:४४ मा प्रकाशित

सप्तरी। सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का वडाध्यक्ष सब्दुल मिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

विद्यालयको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।