करेन्ट लागेर एक मजदुरको मृत्यु

न्युजलय २८ माघ २०८२, मङ्गलबार ०४:३९ मा प्रकाशित

 झापा । बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा सोमबार राति करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

ओमकार रेडिमेड कङ्क्रिटमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।