काठमाडौं । आइतबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँ घटेको छ । आज प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा १०० रुपैयाँ बढेर चार हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।