कोशी मुख्यमन्त्रीमा आङ्बो र कार्कीको दाबी

न्युजलय २६ असोज २०८०, शुक्रबार ०६:३२ मा प्रकाशित

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेस गरेका छन् ।


बिहीबार (आज) एमालेसहितको समर्थनमा कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित डा. शेखर कोइराला पक्षधरका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।


यस्तै, गठबन्धनको तर्फबाट माओबादी केन्द्रका इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । उनीहरूले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन् ।

कार्की पक्षमा कांग्रेसका सांसदहरू कार्कीसहित उदयपुरका रामकुमार खत्री, लीलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनिता गुरुङले हस्ताक्षर गरेका छन् ।