सुनको भाउ बढ्यो

न्युजलय २१ असार २०८१, शुक्रबार १२:२३ मा प्रकाशित

 काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४४ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ आज पाँच रुपैयाँले बढेको छ । भाउ बढेर आज चाँदी तोलाको एक हजार आठ सय ७० रुपैयाँ पुगेको छ ।