इटहरी । कलालयले इटहरीमा हिरासत नामक नाटक प्रदर्शन गरेको छ । आजबाट सुरु भएको नाटक प्रदर्शन भोलि (बिहीबार) सम्म चल्ने छ ।
जादुगर हुने सपना देखेको एक बालकको सपनामा आधारित नाटकमा कलालय इटहरीको लोकप्रिय नाट्य श्रृंखला स्कुल थिएटरबाट खारिएका कालाकारहरुको प्रस्तुती रहेको छ । सायद अशोकले लेखेको यो नाटकलाई प्रज्वल पराजुलीले निर्देशन तथा प्रजल दुलालले सह–निर्देशन गरेका हुन् ।
यो नाटकलाई केही दिनपछि भारतको पश्चिम बंगालस्थित कृष्ण नगरमा हुने बिनोदिनी अन्तराष्ट्रिय नाट्य महोत्सवमासमेत प्रस्तुत गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । नाटक प्रस्तुतीका लागि कलालयको टिम शनिबार त्यसतर्फ लाग्नेछ ।
कलालयले इटहरीमा नाट्य कार्यशालाहरु नियमित सञ्चालन गर्नुका साथै नाटक प्रदर्शनीका कार्यक्रमहरुलाई समेत निरन्तरता दिइरहेको छ ।